२ लाख ५० हजार बाट उकालो लाग्यो सुनको भाउ


३० आश्विन २०८२, बिहीबार १०:५५ मा प्रकाशित

काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ हजारले बढेको हो ।

हिजो २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य इतिहासकै महङ्गो हो ।

यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर ३२७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here