कृषि क्षेत्र ओझेलमा परेकोमा महानायक हमालको चिन्ता, रियालिटी शोमार्फत पुस्तान्तरणको प्रयास


२९ आश्विन २०८२, बुधबार १८:३८ मा प्रकाशित


काठमाडौं । नेपाली सिनेमा उद्योगका महानायक राजेश हमालले नयाँ पुस्तामा कृषिप्रतिको घट्दो चासो र ज्ञानको पुस्तान्तरणमा कमी आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।


बुधवार रियालिटि शो ‘र’ (रिभोलुनरी एग्रीकल्चल वार’सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले कृषि क्षेत्रको महत्वलाई पुनर्जागृत गर्न र नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न रियालिटी शो आयोजना गर्न लागिएको पनि बताउनु भयो ।

कृषि क्षेत्रको ज्ञान र सिप पुस्तान्तरका लागि उक्त रियालिटी शो महत्वपूर्ण सावित हुने उहाँको विश्वास छ । रियालिटी शोले कृषिको महत्व, परम्परागत ज्ञान, र आधुनिक प्रविधिको समिश्रणमार्फत नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ । 


किसान र कामको महत्व, सम्भावना र चुनौतीबारे जानकारी गराउदै मनोरञ्जन प्रदान गरिने उक्त शो हिमालय टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रशारण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here