विशेष महाधिवेशनको हस्ताक्षर सहितको माग आए पद छोड्न तयार छुः लिङदेन


२९ आश्विन २०८२, बुधबार १७:५१ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ ।


राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजानिक गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनको लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनी समेत दिनुभयो ।

राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उहाँको भनाई छ । आफ्नो योग्यता, कार्यक्षमता माथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उहाँले बताउनु भयो ।  


उहाँले केही व्यक्तिलाई मन नपरेको भरमा भने पार्टी अध्यक्ष छोड्न नसक्ने बताउनु भयो । राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीमाथी प्रश्न उठाउँदै आउनुभएको छ । अध्यक्ष लिङदेनले उहाँहरुलाई २५ प्रतिशत महाधिवेशनको हस्ताक्षर जम्मा गर्न चुनौती दिनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here