झापा । अर्जुनधारा नगरपालिकाका पूर्व वडा सदस्य तुलसा पोखरेलले आफ्नो ४३औं जन्मोत्सव एक विपन्न परिवारलाई स्वास्थ्य विमा गरिदिएर मनाउनुभएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि अर्जुनधार निवासी अनुदास दर्जीको परिवारलाई ३५ सय बराबरको स्वास्थ्य बीमा गरी जन्मदिन मनाउनुभएको हो । सामाजिक उत्तरदायित्वका साथ समाजसेवामा सक्रिय पूर्ववडा सदस्य पोखरेलले विगतका वर्षहरूमा पनि विभिन्न सामाजिक कार्य गर्दै जन्मदिन मनाउँदै आउनुभएको छ ।

यस अघि उहाँले खाने पानीको ट्याङ्की वितरण, माइनोट लेखन तालिम सञ्चालन, धूप, सरफ बनाउने तालिम दिने जस्ता कार्यव्रmमहरुको आयोजना गरि आफ्नो जन्म दिन मनाउदै आएको उहाको भनाई छ । उहाले जन्मदिन आफैंका लागि मात्र नभई अरूको हितका लागि खर्चिन पाउँदा मन हलुका हुने विश्वास व्यत्त गर्नुभयो । सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वासले यस्तो काम गर्दै आएको उहाको भनाइ छ ।
उहाको यो प्रेरणादायी कार्यलाई सबैले खुलेर प्रशंसा गरेका छन् । अनुसार पोखरेलको यस्तो मानवीय भावना र सामाजिक योगदानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूको भनाई छ । उहाले आगामी वर्षहरूमा पनि यस्तै सामाजिक कार्यमार्फत जन्मदिन मनाइरहने प्रतिबद्धता व्यक्त गर्नभएको छ ।






