झापा । भारतबाट नेपाल तर्फ लुकाई–छिपाई ल्याउँदै गरिएको ठूलो मात्राको पटका प्रहरीले बरामद गरेको छ।
मंगलवार बिहान करिब ७ बजेर ३० मिनेट जाँदा झापाको गौरीगंज गाउँपालिका–४, हुक्कागाछी स्थित स्थानमा भारततर्फबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा COBRA ब्रान्डका २० बण्डल (करिब १००० प्याकेट) पटका फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको गस्ती टोलीलाई देख्नेबित्तिकै सामान ल्याउने व्यक्ति पटका सोही स्थानमा छोडी फरार भएको प्रहरीले जनाएको छ। बरामद गरिएको पटकाको मूल्य करिब रु. ४०,००० (चालिस हजार रुपैयाँ) बराबर रहेको अनुमान गरिएको छ।
प्रहरीका अनुसार बरामद गरिएको पटका इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई राखिएको छ र घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको छ।





