गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान


२८ आश्विन २०८२, मंगलवार १०:३२ मा प्रकाशित


काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ ।


सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको हो । नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताउनु भयो ।

लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे पनि अहिले देश कानूनले चलिरहेको छ । भइरहेको कानून कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने जिकिर गर्नुभयो । कुनै पूर्वाग्रह राखेर नभइ कानून, प्रमण, उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने दाबी गर्नुभयो ।


मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने दाबी गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here