राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जेन—जी वार्ता टोली घोषणा


१२ आश्विन २०८२, आईतवार १७:४८ मा प्रकाशित


काठमाडौं । जेन—जीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।


आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो ।

वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ । अब थप ३ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिनु भयो । 


पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने लगायतको आफूहरुको माग रहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here