झापा । एकका लागि एक अभियानले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई सहयोग गरेको छ ।
अभियानले प्रहरीलाई आवश्यक पर्ने सामग्रीमध्ये कम्प्युटर २ सेट, दराज स्टील १ थान, काठको दराज एक थान, वाल ¥याक एक थान, पलङ्ग २ थान, हाइक १, टर्च लाइट ३ थान, ब्ल्याङ्केट १० थान, जस्तापाता वालघडी ३ थान, झुल १६ थान, ¥याक १ थान लगायतका सामग्री प्रदान गरिएको थियो ।
सो सामग्री इप्रका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुवास ढुंगानालाई हस्तान्तरण गरिएको थियो । अभियानको तर्फबाट नवीन गट्टानी, लीला चिमरिया, सुवास भट्टराई, शिव कँडेल, एकराज गिरी सामग्री हस्तान्तरण गरेका हुन् ।






