सिम्रिकको १५ औं साधारण सभा सम्पन्न : ४२ सदस्यको‌ ४८ लाख २३ हजार‌ ऋण मिनाह


११ आश्विन २०८२, शनिबार २०:५९ मा प्रकाशित

बिर्तामोड । झापाको‌ बिर्तामोडमा मुख्य कार्यालय रहेको‌ सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको‌ १५ औं साधारण सभा सम्पन्न भएको‌ छ ।

झापाको‌ बिर्तामोडमा असोज ११ गते‌ अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै‌ संस्थाको‌ साधारण सभा सम्पन्न भएको‌ हो‌ । असोज ३ गतेदेखि शुरु भएको‌ इकाइगत साधारणसभा असोज ९ गतेसम्म भएको‌ थियो‌ । कार्यक्रममा संस्थाले पत्रकार उद्धव पुरीलाई सम्मान गरेको छ ।


संस्थाका कार्यकारी प्रमुख कमलबहादुर‌ बस्नेतका अनुसार‌ इकाइगत साधारण सभामा ४६ वटा सेवा केन्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र‌ एक जना उत्कृष्ट ऋणीलाई सम्मान गरिएको‌ छ ।

संस्थाले‌ गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल गरेको‌ कार्यकारी प्रमुख बस्नेतले‌ बताउनुभयो‌ । गत आर्थिक वर्षमा ३८ करोड बढी वासलात वृद्धि भएर‌ ३ अर्ब ३३ करोड पुगेको‌ कार्यकारी प्रमुख बस्नेतले‌ जानकारी दिनुभयो‌ । संस्थाको‌ हाल ६९ हजार‌ बढी सेयर‌ सदस्य रहेका छन् ।

संस्थाले‌ गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको‌ संस्थाका कार्यकारी प्रमुख बस्नेतले‌ बताउनुभयो‌ । संस्थाले‌ सदस्यहरूलाई स्वास्थ्य उपचार‌, कर्जा मिनाहा, काजक्रिया खर्चबापत लाखौँ रुपैयाँ खर्च गरेको‌ जनाएको‌ छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईले‌ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै‌ गत आव २०८१÷ ०८२ मा ४२ जना शेयर‌ सदस्यको‌ ४८ लाख २३ हजार‌ २१५ रुपैयाँ ऋण मिनाह गरिएको‌ जानकारी दिनुभयो‌ ।

त्यस्तै‌, २०८२ असार‌ समान्तसम्म संस्थाको‌ शेयर‌ पुँजी २ करोड १२ लाख ४८ हजार‌ ६ सय बृद्धि भई ३५ करोड ९ लाख १५ हजार‌ ५ सय पुगेको‌ भने‌ बचत रकम २ अर्ब १५ करोड २५ लाख ८४ हजार‌ ५८३, ऋण लगानी २ अर्ब ८० करोड ४७ लाख ८६ हजार‌ ३७८ रहेको‌ छ ।

झापामा २५ वटा, इलाममा ११, मोरङमा ९ र‌ पाँचथर‌ १ वटा गरी ४६ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै‌ आएको‌ सिम्रकको‌ स्थिर‌ सम्पत्ति ६ करोड ६६ लाख ६१ हजार‌ ९६२ रुपैयाँ रहेको‌ छ ।

संस्थाले‌ आर्थिक वर्ष २०८२÷०८३ का लागि १२ अर्ब ४२ करोड ६५ लाख १३ हजार‌ १७५ रुपैयाँ बराबरको‌ वार्षिक बजेत तथा कार्यक्रम तय गरेको‌ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here