बिर्तामोड । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि चेम्बर अफ कमर्स झापाले रु ५१ हजार सहयोग गरेको छ ।
आज एक औपचारिक भेला सहित प्रहरी कार्यालय निर्माणमा सहयोग गर्ने उदेशयले उक्त सहयोग रकम हस्तान्तरण गरिएको चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम कृष्ण विमलीले जानकारी दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा पहिलो महत्वपुर्ण आवश्यक्ता भएकाले प्रहरी संरचना निमार्णमा यस किसिमका सहयोगले धेरै ठुलो राहत पुग्ने बताउनुभयो ।
भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कारण ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी निर्माणका लागि रकम निरन्तर जुटिरहेको व्यवस्थापक विपिन वजगाईले जानकारी दिनुभयो ।
उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालयको ९० प्रतिशत र इलाका प्रहरी कार्यालय अनारमनीको ७५ प्रतिशत पुन निमार्णको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले ४ गतेबाट सुरु गरिएको पुन निर्माणको काम १३ गतेसम्ममा निर्माण कार्य सकेर प्रहरीलाई जिम्मा दिने लक्ष राखेको बताउनुभयो ।
संरचना पुन निर्माणमा सहयोग रकम जुटाउनका लागि हिमालय बैंकमा खाता खोलिएको छ । स्थानीय युवाहरूको अगुवाइमा पुन निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम संकलन भइरहेको छ ।






