अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति प्रक्रिया लागू


१० आश्विन २०८२, शुक्रबार १०:३३ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री रमेश्वर खनालले अर्थ मन्त्रालयमा आजदेखि सबै किसिमका टिप्पणी (मेमो) हरू डिजिटल रूपमा मात्र स्वीकृत हुने व्यवस्था सुरू भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति प्रक्रिया सुरू भएको छ।” यससँगै मन्त्रालयका कार्यप्रक्रियामा समय बचत, पारदर्शिता र दक्षता बढ्ने अपेक्षा गरिएको छ।

डिजिटल स्वीकृतिले भौतिक फाइल–पेपरमा हुने ढिलाइ र सम्भावित भ्रष्टाचार नियन्त्रणमा समेत मद्दत गर्ने मन्त्रालयको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here