संविधान र राष्ट्रपति संस्थालाई खारेज गर्न खोजियो, मैले जोगाएँः अध्यक्ष दाहाल


३ आश्विन २०८२, शुक्रबार १२:२० मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले सहजीकरणको भुमिका खेलेको दाबी गर्नुभएको छ ।


शुक्रवार संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधान खारेज गर्ने र राष्ट्रपति संस्थामाथि पनि प्रहार गर्ने प्रयास भएको जिकिर गर्नुभयो ।

रातभर राष्ट्रपति, प्रधानसेनापती र राजनीतिक दलका नेतहरुसँग छलफल संविधान र राष्ट्रपति संस्थालाई जोगाउँदै अन्तरिम सरकार गठनका लागि सहजिकरण गरेको उहाँको दाबी छ । संविधान र राष्ट्रपतिको संस्था जोगाउनुमा माओवादी केन्द्रको पनि ठूलो योगदान रहेको भन्दै उहाँले त्यसलाई जोगाउनु आफ्नो राजनीतिक जिम्मेवारी भएको पनि बताउनु भयो । 


उहाँले नेपालको सबैभन्दा ठूलो जेन जी आन्दोलन माओवादी जनयुद्ध नै भएको समेत जिकिर गर्नुभयो । उहाँले जेन–जी पुस्ताको आन्दोलनमा व्यवस्थाविरोधी शक्तिहरुले घुसपैठ गरेको पनि टिप्पणी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here