सुनको मूल्य तोलामा आज २ लाख १७ हजार नाघ्यो


३१ भाद्र २०८२, मंगलवार ११:४० मा प्रकाशित

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ ।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here