काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ ।
गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सो निर्णय गर्नुभएको हो । उहाँले उनीहरुको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठक बसेर त्यसको मितिबारे औपचारिक निर्णय गर्नेछ । त्यसैगरी मन्त्री अर्यालले काजकीरिया खर्चबापत मृतकका परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको बताउनु भयो । त्यसैगरी मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गम क्षेत्रका लागि हेलिकप्टर उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
यसअघि नै सरकारले सो आन्दोलनको क्रममा मारिएकाहरुलाई शहीद घोषणा गरिसकेको छ ।






