काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरुको आलोचना गर्दै राम्रा कामहरुलाई जनतासमक्ष पु¥याउन आग्रह गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताउनु भयो । उहाँले सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरुमा सहयोग गर्दै आएको पनि बताउनु भयो ।
उहाँले मानिसहरुलाई आफ्नो प्रशंसा मात्रै सुन्न मन हुने भन्दै अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने जिकिर गर्नुभयो ।






