काँग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छः महामन्त्री थापा


२१ भाद्र २०८२, शनिबार १४:३५ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आजको नेपाली काँग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताउनुभएको छ ।


शनिवार काठमाडांैमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । हाल देशमा पुर्वाधार विकाससँगै धेरै कुराहरु बदलिएको उहाँको भनाई छ । बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरु पनि बढेको उल्लेख गर्नुहुँदै उहाँले जुन स्वभाविक भएको बताउनु भयो ।

नेपालबाट धेरै युवाहरु रोजगारीको लागी विदेशमा जाने गरेकोले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हाल कोरिया काम गर्न गएको मान्छेले मासिक दुई लाख वचत गर्ने उल्लेख गर्नुहुँदै नेपालमा पनि सोही बराबरको आम्दानी हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भयो ।

हाल ५० हजार भन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उहाँको भनाई छ । नेपालका युवाहरुलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्न काँगेस लाग्नुपर्ने उहाँको भनाई छ । काँग्रेसका लागी सरकारमा बस्ने, टिक्ने, रहने वा नरहने भन्ने गौण कुरा हुनुपर्ने उहाँले बताउनु भयो । उहाँले काँग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।


विपी कोईरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्नुहुँदै उहाँले आजको काँग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here