नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घटेकोप्रति पूर्वप्रधानमन्त्री चन्दद्वारा चिन्ता व्यक्त


२० भाद्र २०८२, शुक्रबार १७:२१ मा प्रकाशित


काठमाडौं ।
राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।


शुक्रवार काठाडौंमा आयोजित ‘बदलिदोँ समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । आजभोलिका केटाकेटीहरु अंग्रेजी अक्षर सिक्ने तर आफ्नै नेपाली वर्णमाला र साहित्यप्रति आकर्षण नदेखाउने प्रवृत्ति देखिएको उहाँको भनाइ छ ।

उहाँले नेपाली भाषाको प्रवद्र्धन र संरक्षणमा ध्यान नदिए नेपाली साहित्य नै समाप्त हुने चिन्ता आफूलाई रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री चन्दले सिर्जनात्मक लेखन र पाठन संस्कृतिलाई प्रवद्र्धन गर्न आधुनिक माध्यमहरूलाई पनि उपयोग गर्न सकिने बताउनु भयो । 

उहाँले नेपाली साहित्य र भाषा संरक्षणका लागि सबैले आफ्नो तहबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here