पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे


४ भाद्र २०८२, बुधबार १४:४६ मा प्रकाशित


काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरुमाथि प्रश्न उठाउनुभएको छ ।


अहिलेका कानूनहरु थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताउनुभएको हो । बुधवारको अर्थसमितिको बैठकमा उहाँले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताउनु भयो । उहाँले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पार्नुभयो । 


बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धि विधेयकलाई सर्वसम्मती रुपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रश्तुत गर्नुहुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here