अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइनः सञ्चारमन्त्री गुरुङ


४ भाद्र २०८२, बुधबार १४:१८ मा प्रकाशित


काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय नभएको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताउनु भयो ।

उहाँले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताउनु भयो । राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम  हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उहाँको भनाइ छ ।

अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरुले लाभ लिन सक्नुपर्ने बताउनु भयो । समतामुलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको बताउनु भयो । 

मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डिमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here