कुलिङ अफ पिरियडमा एमालेले छेडखानी गरेको शेखर कोईरालाको आरोप


३२ श्रावण २०८२, शनिबार १६:४३ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले संघीय निजामति ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उहाँले राष्ट्रिय सभामा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन प्रश्ताव हालेको बताउनु भयो ।

उहाँले किन संशोधन हाल्नुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा एमाले सांसदहरुले माथिको निर्देशन भन्ने जवाफ दिएकाले अब लुकाउनुपर्न जरुरी नरहेको बताउनु भयो । एमाले छल कपट गर्ने राजनीतिक दल भएको उहाँको आरोप छ । 

सांसद कोईरालाले देशमा सुशासन किञ्चित मात्रामा पनि नरहेको बताउनु भयो । देशमा भ्रष्टाचार दिन प्रतिदिन बढेर गएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here