दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री


१ भाद्र २०८२, आईतवार १०:४९ मा प्रकाशित

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगग्नुभएको छ ।


परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहान ९ बजे काठमाडौं ओर्लिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रश्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आउनुभएको बताइएको छ । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here