भारत नियन्त्रित कश्मीरको किश्तवार जिल्लामा बादल फाट्दा मृत्यु हुनेको संख्या ६० पुगेको छ । एक स्थानीय अधिकारीले शुक्रवार बिहानसम्म ६० जनाको शव निकालिएको बताउनु भयो । २ सय भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् ।
सडक र पुलहरू भत्किएका वा बगेका छन् । जसले गर्दा यस क्षेत्रमा यातायात अवरुद्ध भएको छ । उद्धार टोलीहरूले प्रभावित क्षेत्रहरूमा पीडितहरूसम्म पुग्न चुनौतीपूर्ण समयको सामना गरिरहेका छन् ।
भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट लगभग २९० किलोमिटर दक्षिणपूर्वमा रहेको किश्तवार जिल्लाको चोसिटी गाउँमा बिहीबार दिउँसो बादल फुट्दा विनाशकारी पहिरो गएको थियो । जसले गर्दा ठूलो मात्रामा विनाश भएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






