काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्बर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताउनुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले समस्या औल्याउँने मात्रै नभई समाधानको उपाय खोज्न पनि विज्ञहरुलाई आग्रह गर्नुभएको हो । गाँउघरमा खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने समस्या सबैलाई थाहा रहेको तर त्यसको समाधान कसरी गर्ने भन्ने सुझाव दिन विज्ञहरुसंँग आग्रह गर्नुभएको हो । तीन वटै सरकारले समस्या समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले हाल गाउँमा विकास भएपनि त्यसको उपभोग गर्ने मान्छे नभएको बताउनु भयो । गाउँमा विकास पुगेपनि मान्छेहरु भने शहर केन्द्रित भएको उहाँको भनाई छ । सरकारले गाउँमै फर्काउने र सुविधाको उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले गाउँमा प्रशस्त विकास भएको बताउनु भयो ।






