मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल


९ श्रावण २०८२, बिहीबार १७:३० मा प्रकाशित


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने कुरा हुनुपर्ने बताउनुभएको छ ।


नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राजनीतिक दलहरु मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरुको एजेण्डा बन्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरुले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्नेकुरा प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । 


अध्यक्ष ढकालले हरेक नेपालीले आज रोजगारी खोजिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here