बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे


९ श्रावण २०८२, बिहीबार १७:४५ मा प्रकाशित


काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले मानव बेचबिखन नियन्त्रणका लागि कानून निर्माण मात्रै पर्याप्त नहुने भन्दै कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।


प्रतिनिधि सभाको बिहीवारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद गैरेले समस्या समाधानको लागि गहिरो बहस र संरचनात्मक परिवर्तन आवश्यक रहेको धारणा राख्नु भएको हो ।

उहाँले नागरिकहरु मानव बेचबिखनमा पर्नुको कारणहरु बेरोजगारी, अशिक्षा र गरिबी रहेको उल्लेख गर्दै यी समस्याहरुको सम्बोधन नगरिकन समस्या समाधान नहुने बताउनु भयो । सांसद गैरेले शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासका क्षेत्रमा विजय हासिल गर्न सामूहि प्रतिवद्धता आवश्यक रहेको पनि बताउनु भयो । 

उहाँले मानव बेचबिखनमा परेका नागरिकहरुको सामजमा पुनःस्थापना, राहत र उद्धार लगायतका व्यवस्था समावेश गरेर विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here