समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी


९ श्रावण २०८२, बिहीबार १७:१२ मा प्रकाशित



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्ने बताउनुभएको छ ।


नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताउनु भयो ।

नेपालको समृद्धि केबल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिवद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने बताउनु भयो ।

समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्ने बताउनु भयो । देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण  भएको पनि बताउनु भयो । 

लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण किवास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्ने बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन, विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।

आर्थिक समृद्धिको यात्रालाई सार्थक तुल्याउन सक्रियतापूर्वक अग्रसर बन्न आग्रह गर्नुभयो । समृद्धि अब सपना नभइ संकल्प बन्नुपर्ने बताउनु भयो । विश्वभर छरिएका नेपालीकाबीचमा नेपालका उत्पादनलाई बजारीकरणको योजना बनाउनुपर्ने बताउनु भयो । युवा उद्यमशिलता प्रवद्र्धनमा पर्याप्त ध्यान दिनुपर्ने खाँचो रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here