देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा


७ श्रावण २०८२, मंगलवार ११:२७ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहबादुर देउवाले देशको अहिलेको राजनीति विपी कोईरालाले अपनाउनुभएको राजनीतिको जगमा उभिएको बताउनुभएको छ ।


मंंगलवार ४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले विपी कोईरालाको संघर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर संघर्ष गरिरहनुभएका विपी राष्ट्रियता कमजोर भयो भनेर स्वेदश फर्कनु चानचुने कुरा नभएको उल्लेख गर्नुभयो ।

देउवाले आफूहरू राजनीतिका कठीन दिन भोगेर र संसर्घ गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन काँग्रेस बलियो बन्नुपर्ने धारणा राख्नुभयो । बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले राष्ट्र समृद्ध हुने उहाँको भनाई थियो । 

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठूलो कुरा भएको विपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताउनु भयो । कोईराला राजनीतिज्ञ मात्रै नभइ साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको बताउनु भयो ।

उहाँले प्र्रजातान्त्रिक समाजवादको चिन्तक रहेका विपी कोईरालाको राजनीतिक र साहित्यिक चिन्तन मात्र नभइ आधुनिक नेपालका समेत निर्माता भएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here