शेखर कोईरालाको आरोपः एमालेले काँग्रेसको कोर भ्याल्युजमा आक्रमण ग¥यो


७ श्रावण २०८२, मंगलवार १२:४६ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ ।


विपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउनेकुरा राम्रो भएपनि आफ्नो महत्व काँग्रेसले बिर्सिन नहुने बताउनु भयो ।

अहिले काँग्रेसको महत्वमाथि कम्युनिष्टहरुले आक्रमण गरिरहेको बताउनु भयो । कुलिङ अफ पिरियडमा काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनसक्नुपर्ने उल्लेख गर्नुभयो ।

सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्नेकुरा नेपाली काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्नु रहेको बताउनु भयो । 

सांसद कोईरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न किन हतार भएको ? भन्दै प्रश्न गर्नुभयो । आजको भोलि नै किन पारित गर्नुपर्ने भन्दै प्रश्न गर्नुभयो । भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराइरहेको उहाँको आरोप छ । 

सांसद कोईरालाले काँग्रेस चुपचाप लागेर बस्न नहुने बताउनु भयो । भ्रष्ट मन्त्रीहरु अहिले पनि सरकारमै रहेको आरोप लगाउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here