अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरूले इजरायली सैन्य कारबाहीमा कुल ५९ हजार २९ प्यालेस्टिनीहरू मारिएका छन् ।
१ लाख ४२ हजार १ सय ३५ जना घाइते भएका छन् । मार्च १८ देखि ८ हजार १ सय ९६ जनाको मृत्यु र ३० हजार ९४ जना घाइते भएका छन् । पछिल्लो जानकारीअनुसार विगत २४ घण्टामा १ सय ३४ शव गाजा अस्पतालहरूमा स्थानान्तरण गरिएको छ ।
यस अवधिमा निरन्तर हवाई आक्रमणका कारण १ हजार १ सय ५५ जनालाई विभिन्न चोटपटक लागेको अधिकारीहरूले बताएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






