काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक यथाशक्य चाँडै पारित गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । जलस्रोतको उपयोग र संरक्षणका जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकता भएको मन्त्री खड्काको भनाइ छ ।
मन्त्री खड्काले विधेयकमा १६७ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेको उल्लेख गर्दै राष्ट्रहित र आवश्यकताका आधारमा संशोधनहरुलाई ग्रहण गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले सरकार जलविद्युत र वैकल्पिक ऊर्जा विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्नुभयो ।






