काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सिंगो नेपाली राजनीतिमा ज्ञानको अभाव भएको बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली राजनीतिमा अहिले अध्ययन भन्दा बाहुबलको प्रयोग बढी हुने गरेको बताउनु भयो ।
अध्ययन न्युन भएपछि ज्ञान हुने सम्भावना कम हुने र ज्ञान कम भएको ठाउँमँ बाहुबलले स्थान पाउने बताउनु भयो । नेपाली राजनीति अहिले द्वन्द्वको चरणमा रहेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुका आफ्नै कर्म र प्रवृत्ति एवं व्यवहारले कमजोर गरिरहेको बताउनु भयो ।
उपसभापति गुरुङले पार्टीमा लाग्न नपाइकन मैले के पाएँ भन्नेकुरा सोधिने गरेको बताउनु भयो ।






