स्याङ्जा । स्याङ्जाको वयरघारीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान बालज्योती स्कुलको लुअअ ब ३२७३ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसँग ठोकिँदा मोटरसाइकलमा सवार दुवै जना गाम्भिर घाइते भएका छन् ।
घाइते हुने मा भीरकोट ८ बस्ने धनबहादुर मगर र भीरकोट मै डेरा गर्दै आएका विशाल थापा मगर रहेका छन् । हाल उनीहरूलाई स्थानीयको सक्रियता मा पोखरा मणिपाल अस्पतालमा उपचारकोलागि पठाइएको छ ।





