टर्किएमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३३ घाइते


६ श्रावण २०८२, सोमबार ११:३८ मा प्रकाशित


टर्किएको मध्य सिभास प्रान्तको इमरानली जिल्लामा यात्रुवाहक बस पहाडमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । अन्य ३३ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ ।

पूर्वी आग्री प्रान्तबाट पश्चिमी इज्मिर प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस सिभास–एर्जिन्कान राजमार्गको कुज्कोय गाउँ नजिकै पहाडमा ठोक्किँदा दुर्घटनाग्रस्त भयो । घाइतेमध्ये एक गम्भीर अवस्थामा रहेको बताइएको छ ।

सुरक्षा महानिर्देशनालयकाअनुसार २०२४ मा टर्किएभरि २ हजार ७ सय १३ जनाको मृत्यु भएको छ । इस्तानबुल, अंकारा र इज्मिरमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । इस्तानबुलमा मात्र ९७ हजार ३ सय ५४ घटनाहरू रेकर्ड गरिएका छन्  । गत वर्ष टर्कीमा घातक दुर्घटनाहरूको प्रमुख कारण तिब्र गति थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here