वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम स्थापना दिवस तथा साधारण सभा सम्पन्न


४ श्रावण २०८२, शनिबार १९:२५ मा प्रकाशित

बिर्तामोड। वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ।


 वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षता तथा वैदेशिक रोजगार व्यवसायी महासंघका तृतीय उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेल वैभवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजन सिलवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।


कार्यक्रममा संस्थाका अध्यक्ष धनबहादुर पन्धाकले संस्थाको बार्षिक प्रतिवेदनसहित भावी कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका निर्वाचित पदाधिकारीहरू मध्ये उपाध्यक्षमा  सरीता बराल, सहकोषाध्यक्षमा प्रेमबहादुर निरौला, महासचिवमा नीरकुमार खत्री  निरन , सचिवमा राजेन्द्र पौडेल र पुष्पराज प्रसाईंलाई  अध्यक्ष पन्धाकले मनोनित गरिएको घोषणा गरेका थिए।


  त्यस्तै उनले  सदस्यहरूमा  रीता स्याङ्वो   हितेश अग्रबाल, आकाश लिम्बू, जनक लुहागुन मनोनित गरिएको बताउँदै संघको प्रवक्तामा ओमप्रकाश भट्टराई  र सल्लाहकार संयोजकमा भानुप्रसाद शिवाकोटीलाई समेत मनोनित गरिएको जनाए।


कार्यक्रममा संघका संस्थापक सचिव चन्द्रप्रसाद पाठक, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख सुलभ श्रेष्ठ , संस्थापक प्रथम उपाध्यक्ष अजय देव लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।


कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका संस्थापक पदाधिकारीलाई सम्मान समेत प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नीरकुमार खत्री निरनले गरेको प्रवक्ता ओमप्रकाश भट्टराईले जानकारी दिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here