काठमाडौं । निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।
राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरुमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारणले पहिलेको तुलनामा आधा भन्दा बढि व्यापार सुकेके व्यापारीहरु बताउछन् ।
दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आउनुभएका पदमबहादुर पोखरेलले विगत पाँच÷सातबर्षदेखि धुलो धुवाँ प्रदुषण झेल्नुपरेको बताउनु भयो । उहाँकाअनुसार बाटोले गर्दा ब्यापार चौपट छ ।
व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उहाँले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताउनु भयो । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहेपनि तिब्र हुन नसक्नुमा व्यवसायीको आ—आफ्नै समस्या रहेको बताउनुहुन्छ । उहाँले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषि रहेको बताउनु हुन्छ ।
उहाँकाअनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ । निर्माणको काम दु्रत बनाउने बातावरण बनाइदिनुपर्छ ।






