अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विशेष कार्यक्रमसहित मनाइने


२० असार २०८२, शुक्रबार १३:३९ मा प्रकाशित


काठमाडौं ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ विशेष कार्यक्रमसहित मनाउने भएको छ ।


सहकारीहरूको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासमा जोड दिने उद्देश्यले शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागेको महांसघकी अध्यक्ष ओमदेवी मल्लले बताउनु भयो ।

यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘सहकारी राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ रहेको छ । अध्यक्ष मल्लका अनुसार कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुहुनेछ ।

उहाँले महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनका एजेन्डालाई प्राथमिकतामा राखेर कार्यक्रम मनाइने पनि बताउनु भयो । कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रश्तुति, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक, महिला सहकारी संस्थाहरूका उत्पादनहरूको प्रदर्शनी तथा सहकारीमैत्री नीति निर्माणप्रति नीति निर्माता रसरोकारवालाहरूको प्रतिबद्धता घोषणा लगायतका प्रश्तुत गरिने अध्यक्ष मल्लको भनाइ छ । 


कार्यक्रममा सहकारी क्षेत्रमा विशेष योगदान दिएका संघरसंस्थाहरू, कर्मचारी, पत्रकार र व्यक्तिलाई सम्मान र पुरस्कार पनि प्रदान गरिने बताइएको छ । कार्यक्रमले लोकतान्त्रिक र समुदायमुखी सहकारी सेवा विस्तारमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here