इण्डोनेसियाको बाली स्ट्रेटमा यात्रुवाहक जहाज डुब्दा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २४ जना अझै बेपत्ता छन् । ३५ जनाको उद्धार गरिएको बालीस्थित खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताउनु भयो ।
रात परेका कारण बिहीवार साँझ खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो । शुक्रबार पुनः शुरु हुने विजयन्तीले बताउनु भयो । सबै पीडितहरूलाई बालीको जेम्ब्राना रिजेन्सीको अस्पतालमा लगिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






