धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्छः सांसद साह


२० असार २०८२, शुक्रबार १३:४५ मा प्रकाशित


काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्ने बताउनुभएको छ ।


शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उहाँले कानून बनाउँदा उड्ने नभइ धर्तीलाई सुहाउने किसिमको बनाउनुपर्ने बताउनु भयो ।

उहाँले संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको आरोप लगाउनु भयो । व्यवहारिक रुपमा सोचेर कानून निर्माण गर्नुपर्ने बताउनु भयो । 

अध्यक्ष साहले समितिको बैठक कार्यतालिका बनाएर चलाउनुपर्ने माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here