काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन निर्देशन दिनुभएको छ ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन निर्देशन दिनुभएको हो ।
उहाँले फौजदारी अपराधमा कानूनको कार्यान्वयन मात्र नभइ कानूनको कहाँ संशोधन गर्न आवश्यक छ त्यसमा सुझाव दिन आग्रह गर्नुभयो । अपराध हुनै नपाओस् भन्नेकुरामा बढी जोड दिन आग्रह गर्नुभयो । अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्ने बताइएको छ ।