एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँः महासचिव पोखरेल


२ जेष्ठ २०८२, बिहीबार १२:३० मा प्रकाशित


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताउनुभएको छ । 


काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने बताउनु भयो । उहाँले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा मिलिजुली सरकार नभइ एउटै राजनीतिक दलले पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्ने बताउनु भयो ।

महासचिव पोखरेलले राष्ट्रिय पार्टीहरुलाई बलियो नबनाएसम्म नीतिगत सुधार हुन नसक्ने बताउनु भयो । राष्ट्रिय पार्टीहरुलाई बलियो बनाउन निजी क्षेत्र एक भएर उभिनुपर्ने बताउनु भयो । प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै नेपालको ब्युरोकेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको बताउनु भयो । 


महासचव पोखरेलले मौद्रिक नीति स्थिर बनाउन नसके व्यवसायका जोखिमहरु जहिले पनि रहने बताउनु भयो । आर्थिक विकासमा मौद्रिक नीतिको स्थिरता जरुरी रहेको उल्लेख गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here