सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो


२ जेष्ठ २०८२, बिहीबार १०:५४ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यसैबिच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here