जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्न एमाले सांसद महतोको माग


३० बैशाख २०८२, मंगलवार १२:३७ मा प्रकाशित


काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।


प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताउनुभएको हो । उहाँले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको आवश्यकता औंल्याउनु भयो ।

उहाँले जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’को रुपमा विकास गर्न आवश्यकबजेट विनियोन गर्न समेत सरकारसँग माग गर्नुभयो । विश्वभरका हिन्दुधर्मावलम्बीहरुको आस्था र श्रदाको केन्द्र जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटनस्तरको विकास गर्नुपर्ने उहाँको माग छ । 

सांसद महतोले आन्तरिक रोजगारी प्रवद्र्धन गर्न बन्द रहेका उद्योग र कलकारखानाहरु सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here