गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा


३० बैशाख २०८२, मंगलवार १२:३२ मा प्रकाशित


काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताउनुभएको छ ।


प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न जनता आहत भएको बताउनु भयो । उहाँले जनताको जीवनमाथि खेलवाड नगर्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।

उहाँले यही साधन स्रोतले यसभन्दा अघि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन पटक पटक लाइन काटिरहन्छ भनेर प्रश्न गर्नुभयो । जनतालाई सूचना नदिई गर्मीको समयमा यसरी लाइन काटिनु दुःखद् भएको भन्दै के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो भन्दै सांसद शर्माले प्रश्न गर्नुभयो ।

सांसद शर्माले विद्युत लाइन नियमितताका लागि रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here