भारत–पाकिस्तान युद्धविरामसँगै राहत


३० बैशाख २०८२, मंगलवार १०:५१ मा प्रकाशित


दुई आणविक हतियारधारी देशहरू बीचको युद्धविरामसँगै सोमवारबाट भारत–पाकिस्तान सीमा र नियन्त्रण रेखा (एलओसी) नजिकै बसोवास गर्ने मानिसहरूले राहतको अनुभव गरेका छन् । शनिवार सहमति भएको युद्धविराम अझै पनि कायम छ ।

जसले यस क्षेत्रका धेरै मानिसहरूलाई आशा जगाएको छ । असहज शान्तताले दुवै देशका मानिसहरूलाई राहत ल्याएको छ । दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको आरोप लागे पनि दुई छिमेकीहरूद्वारा गरिएको युद्धविराम कायम रहेको देखिन्छ ।

नयाँ दिल्लीले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर भित्र घातक हवाई आक्रमण गरेपछि गत बुधवार दुई देशहरू बीच लडाई शुरु भएको थियो । भारत नियन्त्रित कश्मीरको राजधानी श्रीनगरबाट लगभग ८९ किलोमिटर पूर्वमा रहेको पहलगाममा गत महिना बन्दुकधारीहरूले २६ जनाको हत्या गरेको बदला लिन हवाई आक्रमण गरिएको थियो ।

दुवै पक्षका सेनाले क्षेप्यास्त्र, ड्रोन, लामो दूरीका हतियार र गोलाबारुदको प्रयोग गर्दा नागरिकको मृत्यु हुनुका साथै दुवै पक्षका आवासीय घरहरू र अन्य संरचनाहरूमा क्षति पुगेको थियो । बढ्दो तनावका कारण दुवै देशले विमानस्थलहरू बन्द गर्नुपरेको थियो । जसको परिणामस्वरूप उडानहरू रद्ध भएका थिए । सीमावर्ती क्षेत्रका मानिसहरू आफ्नो घर छोडेर सुरक्षित स्थानहरू खोज्न बाध्य भएका थिए । 
सिन्ह्वाको सहयोमगा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here