सरकारले गभर्नर नियुक्त नगरेर संविधान मिच्यो : शेखर कोइराला


२० बैशाख २०८२, शनिबार १५:२५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम गरेको आरोप लगाएका छन्।

गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस गर्नुपर्नेमा गर्भनरको म्याद सकेको दुई महिना भइसक्दा पनि नयाँ नियुक्त हुन नसक्नु संविधानको मर्म विपरित रहेको उनले बताएका छन् ।

प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले सुशासन दिन नसकेको आरोप समेत लगाए। कांग्रेसले बाध्यतामा एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन्।

दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको उनले बताए । उनले पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको बताए।

‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन। एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ। सात बुँदे सहमति भनेको छ। संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here