थाइल्याण्डमा सुरक्षा विमान दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु


१३ बैशाख २०८२, शनिबार ११:४२ मा प्रकाशित


थाइल्याण्डको फेत्चाबुरी प्रान्तको रिसोर्ट शहर हुआ हिनको किनारमा शुक्रवार एउटा सुरक्षा प्रहरी विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ । थाइल्याण्डको राष्ट्रिय प्रहरीले आफ्नो सामाजिक सञ्जाल पृष्ठमा प्रहरी उड्डयन विभागको विमान उडान भरेको केही समयपछि समुन्द्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै छ जनाको मृत्यु भएको बताएको छ ।

प्रहरीले प्यारासुट प्रशिक्षणको लागि परीक्षण उडान गरिरहेको बेला विमान दुर्घटना भएको बताएको छ । दुर्घटनाको कारण अनुसन्धान गरिनेछ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here