विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पति प्रदर्शन जारी राखेका छन् ।
तीन साता यता शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा बिरोध जारी राखेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते बजेट अधिवेशन बोलाएको छ ।
शिक्षकका मागहरु बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ल्याएर पूरा गर्ने आश्वानस दिएपनि जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरुको अडान छ । शिक्षकहरुको आन्दोलका कारण वैशाख ११ गतेबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ ।
सरकारले वैशाख महिनाभित्र शिक्षकहरुको माग पूरा गर्ने विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । तर शिक्षकहरु सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् ।