२१ दिन देखि जारी रहेकाे शिक्षक आन्दोलनका कारण सडक अस्तव्यस्त


९ बैशाख २०८२, मंगलवार १३:३६ मा प्रकाशित

काठमाडौं– विभिन्न माग राख्दै नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रमा यातायात सञ्चालन अस्तव्यस्त भएको छ । 

निरन्तरको आन्दोलनका कारण बानेश्वर–माइतीघर सडक बन्द भएपछि त्यसको असर अन्य क्षेत्रमा समेत परेको छ ।

विभिन्न माग राख्दै शिक्षकहरूले गरेको आन्दोलनले दिनभर नयाँ बानेश्वर माइतीघर सडक ठप्प हुँदै आएको छ ।

मुख्य सडक बन्द भएपछि सार्वजनिक सवारी साधनलाइ तीनकुनेबाट बानेश्वरतर्फ आउन रोक लगाइएको छ । साना सवारी साधनसमेत डाइभर्सन हुँदा करिडोरमा लामो जाम देखिएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here