ढुक्कले विकास निर्माणमा जुट्नुस्, हल्लाको पछि लाग्न आवश्यक छैनः प्रधानमन्त्री ओली


५ बैशाख २०८२, शुक्रबार १७:२१ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरबदलको हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।


शुक्रवार चितवनको इच्छा कामना गाउँपालिकाको प्रशासकीय भवनलाई उद्घाटन गर्दै उहाँले ढुक्कका साथ विकास निर्माणको काममा जुट्न आग्रह गर्नुभएको हो । उहाँले आफूहरूले नै देशको विकास र देशलाई सुशासनयुक्त बनाउने दाबी गर्दै नेपाललाई समृद्ध देश र सबै नेपालीलाई खुशी बनाउने बताउनु भयो ।

उहाँले आफूहरूको गन्तव्य नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको बताउँदै यसले धेरै कुरा ओगट्ने समेत जिकिर गर्नुभयो ।  प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर रहेको र यसले स्थायित्व दिएको बताउनु भयो । उहाँले संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन तथा विकास गर्न पुराना इतिहास बोकेका पार्टी नेपाली काँग्रेस र नेकपा एमाले एक भएको दाबी गर्नुभयो ।  

उहाँले देशमा सुशासन ल्याउन र विकास गर्न जरुरी रहेकाले आफूहरू एक भएको समेत जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here