राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको आरोप लगाउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाउनुभएको हो । उहाँले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय निकालय संरक्षणमा कुनै पहल नगरेको आरोप लगाउनु भयो ।
रास्वपाकै अकर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गर्नुभयो । सांसदहरुको यस्तो आरोपपछि कांँग्रेस नेताहरु उठेर विरोध जनाउनुभएको छ । सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिन समेत संसदको ध्यानाकर्र्षण गराउनुभएको छ ।